मोटरसाईकल अब हावा बाट चल्ने

पुरा भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस्

तपाईलाई झट्ट सुन्दा विश्वास नलाग्न सक्दछ तर हावाबाट चल्ने मोटरसाइकल बनीसकेको छ। यो मोटरसाइकल चलाउन पेट्रोल होइन कम्प्रेस्ड एअर पावर्ड प्रविधी भए पुग्छ। यो मोटरसाइकल प्रतिघण्टा १४० किलोमिटर कुद्न सक्दछ ।'' यो मोटरसाइकलको ट्याङकीमा कम्प्रेस्ड हावा भरिन्छ। यो मोटरसाइकल निकै हल्का र छरितो रहेको छ, यसमा थोरै मात्र फलाम प्रयोग गरिएको छ । अष्ट्रेलियाको एक कम्पनीले तयार पारेको यो बाइकमा २५ पाउण्डको डर्ट इन्जिन प्रयोग गरिएको छ । यसलाई निर्माण गर्न जापानाको यामाह डर्ट बाइक र यामाहा डब्लु आर २५० समेत प्रयोग गरिएको थियो।

आकर्षक लुकको अलावा यसमा आरामदायी सिटिङ एरेन्जमेन्ट समेत गरिएको छ । मोटरसाइकलमा स्कुवा डाइविङग ट्यांक प्रयोग गरिएको छ जसले इलेक्ट्रोनिक मेशिनको प्रयोग गरेर २-३ मिनेटमै ट्याङमा हावा भरिदिन्छ ।हावाबाट चल्ने यो मोटरसाइकलको तौल मात्र १२ किलो रहेको छ भने एक पटक हावा भरेपछि ९९ किलोमिटरसम्म मज्जाले कुद्न सक्दछ।यो मोटरसाइकल बनेर तयार भइसकेपनि बजारमा भने आइसकेको छैन। छिट्टै बजारमा देखिने बनाउने कम्पनीले जनाएको छ। तलको बक्समा क्लिक गर्नुहोस''

पुरा भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस्

,

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस