श्रीमती र छोरीको योजनामा पूर्व सभासद् हकको हत्या (भिडियो सहित)
पुरा भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस्
|
सप्तरी, २४ जेठ । पूर्व सभासद् सदरुल मियां हकको हत्या उनकै श्रीमती र छोरीको योजनामा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पूर्वसभासद् हकको हत्यामा प्रत्यक्ष संलग्न सिरहाको चतरी–६ घर भई हाल लहान नगरपालिका–५ बस्ने अब्दुल रउफ पक्राउ परेपछि सो रहस्य खुलेको हो । श्रीमती नुरजहा“ खातुन र १९ वर्षीया छोरी रुवेदा खातुनकै योजनामा पूर्वसभासद् हकको हत्या गरिएको अनुसन्धानको क्रममा खुलेको केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोको आज टोलीले जनाएको छ ।
अञ्चल प्रहरी कार्यालय राजविराजमा आज अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले सदरुलको हत्यामा श्रीमती र छोरीनै मुख्य योजनाकार रहेको पाइएको जानकारी दिनुभयो ।
पूर्वसभासद्को हत्यापछि लगातार एक सातासम्म अशान्त बनेको सप्तरीको कल्याणपुरमा यो रहस्योद्घाटनसँगै सनसनी फैलिएको छ ।
हत्यामा संलग्नमध्ये उहाँकी श्रीमती नुरजाँहा, छोरी रुबेदा र अब्दुल रउफलाई पक्राउ गरिसकेको छ भने हत्यामा संलग्न मोहम्मद जमिरुल शेख र एनुल शेख फरार रहेको केन्द्रीय अनुुसन्धान ब्युरोले जनाएको छ ।
फरार अभियुक्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
छोरी रुबेदाको निकाह (विवाह पक्का) भारतीय नागरिक महोम्मद जमिल शेखस“ग भएको तर सो निकाहालाई सदरुलले इन्कार गर्दै आएका कारण योजनाबद्धरुपमा उहाँको हत्या गरिएको प्रहरीले निष्कर्È निकालेको छ ।
पक्राउ परेका जमिरुल छोरी रुबेदाका प्रेमी हुन् ।
‘‘निकाहालाई विवाहको रुप दिन नुरजहा“ र रुबेदाले भारतीय नागरिक जमिरुललाई बोलाइ पा“च महिनाअघि हत्या योजना बनाएका थिए”, प्रहरी अनुसन्धान प्रतिवेदनमा भनिएको छ, “त्यसमा भारतीय पेशेवर हत्यारा ल्याउने कि स्थानीय हत्याराबाटै हत्या गराउने भन्ने विÈयमा पा“च महिनाको प्रयासपछि सिराहाका अब्दुल रउफ र एनुल शेखलाई हत्याको ठेक्का दिएर सदरुलको हत्या गराइयो ।”
उनीहरुलाई एक लाख २० हजार भुक्तान गरेको प्रहरी अनुसन्धानबाट खुले पनि हत्याका लागि जम्मा कति पैसा दिइयो भन्ने अनुसन्धान हुन बा“की छ ।
जमिरुल झारफुकको कामका लागि नेपालतिर आइरहन्थे । यही सिलसिलामा सदरुलको घरमा पनि झारफुकको क्रममा आउदाँ रुबेदा खातुन र जमिरुल शेखबीच प्रेम भएको र रुबेदाले घर परिवारका सदस्यलाई जानकारी नदिई गत वर्ष फागुन महिनामा निकाह गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
पूर्वसभासद सदरुल त्यसको विपक्षमा उभिएका थिए । हकको गत जेठ ६ गते राति सप्तरीको कल्याणपुर–२ स्थित विसनपुरमा रहेको उहाँको आफ्नै पेट्रोलपम्पमा हत्या भएको थियो ।

0 comments
Write Down Your Responses