यी हुन् नेपाली मूलका नटवरलाल युवतीहरुलाई पट्याउँदै बिहे गर्दै
पुरा भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस्
|
२३ जेठ, पोखरा । नेपाली समाजमा अपराधी पनि अचम्मकै भेटिन थालेका छन् । पोखरामा युवतीलाई मोडेल बनाइदिने नाममा सम्पत्ति लुटेका एक अपराधी अझै जेलको कहर काटिरहेका छन् । अहिले फेरि अर्का नटवरलाल समातिएका छन् । यिनको कामचाँहि युवतीहरुको धनमाल लुट्नु नभई विभिन्न युवतीका परिवारलाई फकाएर मागी बिहे गर्दै हिँड्नु हो । तर, दुईसाताअघि मानवबेचबिखनको कसुरमा प्रहरीले च्याप्पै समातेपछि बिचराको गोरखधन्दा केही समयलाई रोकिएको छ ।
अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले जेलमै युवती निहिता विश्वाससँग प्रेमविवाह गरेजस्तै यी ४७ वर्षीय नटवरलाल श्याम महतले पनि शोभराजकैजस्तो दक्षता देखाएका छन् ।
जेलबाटै यसरी पट्याए बीए पढ्ने केटी

पूर्वीनेपालकी एक युवती मकवानपुरको भिमफेदी कारागारमा आफ्ना दाइ पि्रतेलाई भेट्न जाने गर्थिन् । २७ बर्षीय ती युवती बीए प्रथम वर्षमा अध्ययनरत थिइन् । उनका दाइ पि्रते भीमफेदी जेलमा कर्तव्य ज्यान मुद्दाको सजायँ काटिरहेका थिए । ती युवती महिनाको एकपटक दाइलाई कारागार जान्थिन् । त्यहीबेला कारागारमै पि्रतेसँगै सिनोमाका ‘भिलेन’जस्तै देखिने यी श्याम महत फेला परे ।
काभ्रेपलान्चोकको पनौती-४ घर भएका महत राजस्व चुहावट, ठगी र भन्सार छलीको आरोपमा भीमफेदीमा जेल जीवन बिताइरहेका थिए । यसैवीच पि्रते र महतवीच जेलमा राम्रो सम्बन्ध कायम भयो । उनीहरु दुईवीच घरपरिवारका बारेमा पनि कुराकानी हुन थाल्योे । युवती दाजुलाई भेट्न आउँदा महतसँग पनि परिचय भयो । एक दुईपटकको भेटपछि महतले युवतीलाई आफूसँग आकषिर्त गराए । पटक-पटकको भेट अनि कुराकानीले उनलाई आफ्नो दाजुभन्दा महतको चासो बढी हुन थाल्यो । महिनामा एकपटक दाजु भेटन जाने उनी हप्ताको एकपटक मीठो खानेकुरा बोकेर कारागार धाउन थालिन् ।
यसैवीच एक दिन कसैले नसोचेको घटना भयो । ती युवतीले आफैले महतसँग प्रेम प्रस्ताव राखिन् । उनको प्रस्ताव महतले नस्वीकार्ने कुरै थिएन । त्यसपछि उनीहरुका लागि कारागार नै सुरक्षित डेटिङस्थल बन्न थाल्यो । उनीहरुको यो डेटिङलाई प्रहरीले रोक्न सकेन । बन्दी भेट्ने समयमा ती युवती आउँथिन् र महतसँग प्रेमालाप गर्थिन् ।
उनीहरुको प्रेम सम्बन्धलाई बिहेको रुप दिन युवतीले आफ्नो घरमा कुराकानी गरिन् । महतले पनि उनका दाइ पि्रतेलाई आफू एक्लो रहेको र काठमाडौंमा घरसहितको ८ रोपनी जग्गा रहेको भन्दै बहिनीका लागि फकाउन थाले । महतले ०६३ सालमा अफ्नो परिवारसँगै श्रीमती पनि दुर्घनामा परी मृत्य भएको र आफू नितान्त एक्लै रहेको बताए । पि्रतेले सबै कुरा सुनेपछि बहिनी र महतको सम्बन्ध स्वीकार गरे । युवतीको परिवारका अन्य सदस्य पनि काठमाडौंमा घर छ भनेपछि राजी भए ।
महतको सजायँ पुरा हुन अझै डेढ बर्ष बाँकी थियो । तर, युवतीले वकिल लगाएर गत माघ ५ गते महतलाई कारागारबाट निकालिन् । त्यसपछि माघ महिनामै उनीहरु वैवाहिक बन्धनमा बाँधिए ।
पोखरामा अर्को नाटक
एक महिनाको बसाइपछि चैत्रमा ती युवतीलाई माइत पठाएर महत कामका लागि भन्दै पोखरा हानिए । भारतका नामूद ठग नटवरलालजस्तै मीठो र नम्र बोली बोल्ने महतलाई पहिलोचोटि देख्नेले ठग होलान् भनेर पत्याउने कुरै थिएन । यसैवीच पोखरा आएपछि उनले कास्कीकोटकी एक युवतीलाई पुनः आफ्नो जालमा पारे । जसरी मकवानपुरको भीमफेदी कारागारमा युवतीका दाइ र परिवारलाई झुटो कुराले फकाए, उनले कास्कीमा पनि अर्की निर्दोष युवतीका परिवारलाई पनि त्यही सूत्र प्रयोग गरे ।
शुरुमा महतले युवतीका दाइसँग चिनजान गरे । सामान्य चिनजानपछि उनका दाइलाई आफूले छिटै विवाह गरेर श्रीमती अमेरीका लैजाने भन्दै केटी खोजिदिन आग्रह गरे । युवतीका परिवार पनि आफ्नै छोरीचेलीको बिहे गरिदिने विचारमा थिए । महतले आफ्नो परिवार र श्रीमतीको दुर्घघटनामा मृत्यु भएको, आफू अमेरीकाबाट आएको र नेपालमा आफ्नो धेरै सम्पत्ति रहेको भन्दै युवतीको परिवारलाई प्रलोभनमा पारे ।
यस्तो केटा पाए ठिकै हुन्छ भनेर युवतीका परिवारले महतसँग बिहे गराइदिने कुरा चलाए । उनीहरुको बिहे हुने पक्का भयो । त्यसपछि युवतीका परिवारले विन्ध्यवासिनीबाट बिहे गरेर दिने निर्णय गरे । तर महतले आफ्नो पहिली श्रीमती पनि त्यहीँबाट बिहे गरेर लगेको भन्दै अर्कै मन्दिरमा बिहे गर्ने प्रस्ताव राखे । महतको प्रस्ताव सहजै स्वीकार्दै उनीहरुको बिहे गत वैशाख ३ गते कास्कीको हेम्जास्थित शिवमन्दिरबाट गरिदिए । महतले बिहे गरेको ५ दिनसम्म ती युवतीलाई पोखरामै राखे ।
भारतबाट अमेरिका !
गत बैशाख ९ गते काठमाडौबाट अमेरिका जाने भन्दै महतले ती युवतीलाई लिएर उनका परिवारसँग बिदा मागे । तर, पृथ्वीचोकमा आएपछि महतले काठमाडौंमा कागजपत्र मिलेन, त्यसैले भैरहवा हुँदै भारतबाट अमेरिका जाने कुरा युवतीलाई सुनाए । युवतीले पनि पत्याइन् । बस छुट्ने बेलामा युवतीले घरमा एकपटक फोन गर्छु भनिन् तर महतले फोन गर्न दिएनन् ।
घरमा फोन गर्न किन नदिएको होला भन्दै युवतीको मनमा शंका बढ्न थाल्यो । चितवनबाट बुटवल जाने क्रममा बाटोमा पिसाव फेर्न बस रोकेपछि ती युवतीले मौका छोपेर पोखरामा आफ्नो दाजुलाई फोन गरिन् । त्यसपछि दाइहरु ट्याक्सी लिएर हाकिँदै बुटवलतर्फ लागे । युवतीले केही घण्टापछि आफू बुटवल नजिकै मंगलापुरको एक ग्यारेजमा रहेको भन्दै दाइलाई फोन गरिन् । दाइहरु त्यहीँ पुगे । उनीहरु आएको देखेर महत भागे । युवती आफ्ना दाइसँगै पोखरा फर्किइन् ।
नटरलाल फेरि पक्राऊ
गत जेठ ५ गते महतलाई कास्की प्रहरीले पक्राउ गरेको छ भनी ती युवतीका परिवारले जानकारी पाए । हो कि होइन भन्दै बुझ्न आउँदा तिनै महत नै रहेछन् । त्यसपछि युवतीले जेठ ७ गते महतविरुद्ध मानववेचविखनको जाहेरी दिइन् । महत अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरी जनाएको छ ।
यो त भयो प्रहरीले पत्तो लगाएको नटवरलालको गोरख धन्दा । यसअघिको उनको ठगीसम्बन्धी कला भने अझैसम्म बाहिर आइसकेको छैन ।

0 comments
Write Down Your Responses