सुरुङमार्ग निर्माणमा अवरोध नगर्ने प्रतिबद्धता

पुरा भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस्

२४ जेठ, हेटौंडा । मकवानपुरका राजनीतिक दलले बहुचर्चित हेटौंडा-कुलेखानी-काठमाडौँ सुरुङमार्गमा कुनै पनि अवरोध, बन्द हडताल, चक्काजाम नगर्ने प्रतिबद्धता जनाएका छन् । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा-माओवादीलगायत मकवानपुरका सबै राजनीतिक दलहरुले सुरुङमार्ग निर्माणमा कुनै पनि अवरोध नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

पूर्वाधार विकास कम्पनीले गरेको सर्वपक्षीय अन्तक्रिर्या कार्यक्रममा कम्पनीका अध्यक्ष कुशकुमार जोशीले अबको चार वर्षभित्रमा सुरुङमार्ग निर्माण भइसक्ने बताउनुभएको छ ।

निजी क्षेत्रको पहलमा ३४ अर्ब रुपैयाँ लागतमा निमार्ण हुने सुरुङमार्ग २०७३ साल मङ्सिर महिनासम्म सम्पन्न हुने कम्पनीले जनाइएको छ । सुरुङमार्ग निर्माणका लागि सबैभन्दा बढी शेयर मकवानपुरवासीले लिनेमा आफू विस्वस्थ रहेको अध्यक्ष जोसीले बताउनुभयो । जिल्ला विकास समिति मकवानपुरले सुरुङमार्गको १० लाखको सेयर पनि खरिद गरेको छ । रासस

पुरा भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस्

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस