आशिषको तेश्रो कीर्तिमान, पश्चिमाञ्चल च्याम्पियन
पुरा भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस्
|
२४ जेठ, काठमाडौं । मध्यमाञ्चलका आशिष चौधरीले अन्तरक्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्सतर्फ थप एक विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बनाएका छन् । छात्रको २ सय मिटर दौड २२.५ सेकेन्डमा पूरा गर्दै विमलले नयाँ कीर्तिमान कायम गरेका हुन् । २४ घण्टा अघि यसै स्पर्धाको हिट चरणमा पश्चिमाञ्चलका विमल बस्नेतले कायम गरेको २२.९ सेकेन्डको कीर्तिमान आशिषले भंग गरे ।
फाइनलमा भने विमलले २३.३ सेकेन्ड समय निकाल्दै दोश्रो स्थानमा दौड टुंगाए । व्यक्तिगत दुई र टिममा एक गरी आशिषको प्रतियोगितामा यो तेश्रो विद्यालयस्तरको कीर्तिमान हो । यसअघि आशिषले १ सय मिटर दौड (१०.९ सेकेन्ड) र ४ गुणा १०० मिटर रिलेमा उनी सम्मिलित राजुकुमार चौधरी, शिखर उप्रेती र प्रेमनारायण महतोको मध्यमाञ्चल टोलीले (४५.८ सेकेन्ड) कीर्तिमान बनाएका थिए । आशिषले लङजम्पमा पनि स्वर्ण जित्दै कीर्तिमानी तीन स्वर्णसहित आफ्नो स्वर्ण संख्या चार पुर्याए । उनले ६.३० मिटर हाम्फाले । छात्रामा पश्चिमाञ्चलकी विमला चौधरी (४.५९ मिटर) पहिलो भइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ८ सय मिटर दौडको छात्रमा पश्चिमाञ्चलका वीरेन्द्र पासी तथा छात्रामा मध्यपश्चिमाञ्चलकी निष्ठाकुमारी थारु पहिलो भए । निर्धारित दूरी पूरा गर्न वीरेन्द्रले २ मिनेट ०५.८ सेकेन्ड र निष्ठाले २ मिनेट ३८.२ सेकेन्ड समय खर्चे । छात्रको सटपुटमा मध्यपश्चिमाञ्चलकाका खेमराज शाही शीर्ष स्थानमा रहे । उनले १२.५२ मिटर टाढा फाले । सोही स्पर्धाको छात्रामा पूर्वाञ्चलकी चन्द्रकला लामगाढेले १०.२७ मिटर टाढा फाल्दै स्वर्ण जितिन् ।
४ गुणा ४०० मिटर रिलेको छात्र र छात्रा दुवैमा मध्यपश्चिमाञ्चलले शीर्ष स्थानमाथि कब्जा जमायो । व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार हात पारे । रिलेमा पहिलो हुनेले २ हजार, दोश्रोले १ हजार ५ सय तथा तेश्रोले ७ सयका दरले नगद पाए । कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरियो ।
समग्रमा पश्चिमाञ्चल २ सय २३ अंकसाथ च्याम्पियन बन्यो । १ सय ९९ अंकमा मध्यमाञ्चल दोश्रो भयो भने तेश्रो हुने मध्यपश्चिमाञ्चलले १ सय ९२ अंक जोड्यो । पूर्वाञ्चल (१२५) चौथो तथा सुदूरपश्चिमाञ्चल (७३) पाँचौं भए । एथलेटिक्समा शीर्ष ६ तथा भलिबलमा शीर्ष ४ स्थानसम्मलाई निश्चित अंक प्रदान गरिएको थियो । दुवै खेलको अंक जोडेर टिम च्याम्पियनको घोषणा गरिएको हो । शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार जिते ।

0 comments
Write Down Your Responses