कसले बिगार्यो गायिका अन्जु पन्तलाई ?
पुरा भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस्
|
भन्ने गरिन्छ कि दु:खमा नआत्तिनु सुखमा नमात्तिनु। यी दुई कुरालाई ध्यान दिन सकियो भने मानिस दिगो हुन सक्छ। कुरा गायिका अञ्जु पन्तको हो। दु:खमा त उनलाई आत्तिनुपर्ने अवस्था नै रहेन, किनभने यस्तो बेलामा बिनास्वार्थ उनलाई साथ दिने थिए उनका श्रीमान् मनोज सेवा। मनोजले अञ्जुलाई अञ्जु पन्त हुनुभन्दा पहिलेदेखि साथ दिएका थिए। तर, पछि अञ्जुले वाहवाही पाउन थालेपछि अञ्जु मात्तिन थालिन् र दु:खमा साथ दिने मनोजलाई पनि त्यागिन्। त्यतिबेला उनलाई सुखमा साथ दिने स्वार्थीहरूको साथ मिल्न थाल्यो र अन्तत: त्यही कुरा नै अञ्जुलाई घातक हुन पुग्यो।
सुखमा मात्तिन थालेपछि अञ्जुले दु:खमा दिनहरू बिर्सिदिइन्। आफूलाई गीत गाउन दिएर उच्च स्थानमा पु-याउने सङ्गीतकार तथा चलचित्र निर्माताहरूलाई बाल गनिनन्। अहिले यही कुरा अञ्जुको गलामा पासो बनेर बसेको छ। एउटा गीत गाएबापत अञ्जुले पन्ध्र हजार पाएकी पनि हुन्। यति रकम दिएका पनि थिए। दिनमा एक लाखसम्म कमाउने अवस्थामा पुगेकी अञ्जुको अहिले भने नाम ओरालोतिर र कमाइ भने अधोगतितिर गएको छ। सङ्गीतकारहरूसँग सम्बन्ध बिग्रन थालेपछि सिनेमाको गीतमा त अब अञ्जु शून्यप्राय: भइसकेकी छिन्। स्वरको जादु अनि स्वरकी धनी अञ्जुलाई यसरी बिगार्नुमा उनको नभएर सेक्रेटरीका रूपमा काम गर्ने अञ्जुकै दिदीको हात रहेको कुरा भुक्तभोगीहरू बताउँछन्।
मुलुकबाहिर जाने कार्यक्रममा पनि सेक्रेटरीलाई लैजानुपर्ने र अञ्जुको पारिश्रमिकको तय पनि सेक्रेटरीले नै गर्नेजस्ता अव्यावहारिक क्रियाकलाप पच्न नसकेपछि यतिबेला सङ्गीतकारहरू अञ्जुलाई बाइ बाइ गरेर महिला आवाजमा रजिना रिमाल र मिलन अमात्यको हाइ हाइ गर्न थालेका छन्।
बूढापाकाहरूले त्यसै भनेका रहेनछन्, ‘बिगार्ने र बिग्रने समयमा आफ्नैको हात हुन्छ।’ यदि यो अञ्जुजीले पढ्नुभयो भने उहाँलाई राम्रो सुझाव यो छ कि तपाईंजस्ती गायिका यो मुलुकले सधैँ पाउँदैन। त्यसैले बजार हेरेर पारिश्रमिक माग्नुस् अनि व्यावहारिक हुन सिक्नुहोस्। सेक्रेटरीको भरमा आफ्नो प्रतिभा र सम्बन्धलाई छोड्दा भोलि न त तपाईं न त सेक्रेटरी नै यो क्षेत्रमा रहन्छन्। अझै केही बिग्रिएको छैन।
- २०७० जेठ २२ मा प्रकाशित घटना र विचार साप्ताहिक बाट साभार गरिएको

0 comments
Write Down Your Responses