पुराना आइफोनले नयाँ आइफोन साट्न पाइने
पुरा भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस्
|
आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले पूराना मोडलका आइफोनसँग नयाँ ब्राण्डका आइफोन सटहीको सेवा सुरु गर्ने भएको छ ।
ब्लुमबर्ग टेलिभिजनका अनुसार यो महिना देखि नै पूराना आइफोन उपभोग गरिरहेका प्रयोगकर्तालाई पूरानो साटेर नयाँ आइफोन किन्ने सेवा उपलब्ध गराउन लागेको हो ।
नयाँ भर्सनको स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेका बेला एप्पलले पहिलोपटक यस्तो सटहीको कार्यक्रम सुरु गर्न लागेको बताइएको छ ।
यो सटही कार्यक्रमका लागि एप्पलले चर्चित मोबाइल फोन वितरक संस्था ब्राइटस्टार कर्प सँग सहकार्य समेत गर्ने भएको छ । यो संस्थाले यसअघि अन्य विभिन्न मोबाइल कम्पनीका लागि समेत यस्तै सटही सेवामा सहकार्य गरेको थियो । यद्यपि दुबै कम्पनीले यसबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।
सटही सुविधाले उपभोक्तालाई नयाँ मोडलका आइफोन चलाउने इच्छापूर्तिमा सहयोग पूराउने र नया मोडलका आइफोनको बिक्रि बढ्ने अपेक्षा एप्पलको रहेको छ । पछिल्लो समय स्मार्टफोन बजारमा सामसुङले दबदबा बढाउन थालेपछि एप्पलले नयाँ विजनेस स्ट्राटेजी अपनाउन थालेको संकेत गरेको छ ।

0 comments
Write Down Your Responses